५ असार, विदुर । नुवाकोट जिल्ला हुलाक कार्यालयले हुलाक सेवा आधुनिक बनाउँदै १२ वटै स्थानीय तह र ८८ वटै पालिकाका लागि पोस्टल कोडहरू सार्वजनिक गरिएको छ।
सरकारले हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउन देशभरका ७५३ वटै पालिका र तिनका सबै वडाहरूलाई पोस्टल कोड प्रदान गरेर विवरण सार्वजनिक गरेको छ।
अब, चिठीपत्र वा अन्य हुलाक सेवा प्रयोग गर्दा पालिका, वडा, टोल, फोन नम्बर र इमेल ठेगाना उल्लेख गर्नु अनिवार्य हुनेछ। यसले सेवा छिटो, छरितो र व्यवस्थित हुने विश्वास गरिएको छ।
दुप्चेश्वर गाउँपालिकाका लागि मुख्य पोस्टल कोड ३०५०१ र वडा नं. १–७ को क्रमशः ३०५०१०१ देखि ३०५०१०७ रहेको छ।
विदुर नगरपालिकाका लागि मुख्य कोड ३०५०४ र वडा नं. १–१३ को लागि ३०५०४०१ देखि ३०५०४१३ रहेको छ
यसैगरी ककनी, शिवपुरी, बेलकोटगढी लगायत सबै १२ पालिकाको वडागत कोडहरू निर्धारण गरिएको छ।

प्रतिक्रिया