sujim bazar advert

१ हजार १११ ले बनाए राहदानी

डबली खबर     असार १, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

nepali passport
Big Education Consultancy Nuwakot

१ असार, नुवाकोट । चालुआर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा नुवाकोटका एक हजार एकसय ११ जना नागरिकले राहदानी बनाउनको लागि फारम बुझाएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयको मासिक प्रगति विवरणअनुसार ६०८ ओटा राहदानी वितरण गरिएको छ । राहदानीबाट ५१ लाख ९५ हजार रुपैँया राजस्व सङ्कलन गरिएको छ ।

यस्तै, कार्यालयले हातहतियार इजाजतबाट एकसय रुपैँया, प्रशासनिक दण्ड जरिवानाबाट छसय ४० रुपैँया र एजेन्सी दर्ताबाट २८ हजार रुपैँया राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले एकहजार चारसय ८४ ओटा नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरण गरिएको छ ।

तीनहजार सात जनाको व्यक्तिगत विवरण सङ्कलन र पाँचसय ९० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top