+
Search

ताजा अपडेट +

पपुलर +

६९ जना पुरुषले लिए प्रोष्टेट क्यान्सर स्क्रिनिङ सेवा

69 men avail services at prostate cancer screening camp in Bidur ward 3 khadgabhanjhyang health post
डबली खबर
११ महिना अगाडी

२४ जेठ, नुवाकोट । शनिबार विदुर नगरपालिका वडा नं. ३ को खड्गभञ्जायाङ स्वास्थ्य चौकीमा पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट बचाउन ४० वर्षमाथिका पुरुषका लागि प्रोष्टेट क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ ।

नगरपालिकाको आयोजनामा भएको शिविरबाट ६९ जनाले सेवा लिएको नगरपालिका स्वास्थ्य प्रमुख रामराजा भण्डारीले जानकारी दिए । पुरुषको पिसाब थैलीमा प्रोष्टेट समस्या भएको वा नभएको पत्ता लगाउने नि:शुल्क स्वास्थ्य शिविर भोलि जेठ २५ गते पनि विदुर नगरपालिकाको १३ नम्बर वडाको कल्याणपुर स्वास्थ्य चौकीमा हुने उनले जानकारी दिए ।

विदुर नगरपालिकाक प्रमुख राजन श्रेष्ठले एकलाखमा एक जनामा देखिने रोग भए पनि दिनदिनै सहरी क्षेत्रमा प्रोष्टेट क्यान्सर बढ्दो अवस्थामा रहेकाले त्यसको सचेतना अपनाउने सन्देशका लागि शिविर कार्यक्रम आयोजना गरिएको बताए ।

मेरी स्टोर्स सर्भिसेस्को प्राविधिक सहयोगमा युरोलोजिष्ट जीतबहादुर श्रेष्ठको विशेषज्ञको टोली सेवा प्रदान गरेका थिए ।

प्रोस्टेट के हो ?

प्रोस्टेट पुरुषको एक प्रजनन् अङ्ग हो । पुरुषहरुमा मात्र हुने ग्रन्थि पनि हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थि पनि भनिन्छ । यो ग्रन्थि पिसाब थैलीको मुनि र मुत्रनलीको वरपर हुन्छ । उमेर बढ्दै जाँदा अरु ग्रन्थि झंै यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्छ र यहि पक्रिया नै प्रोस्टेट हो । प्रोस्टेट ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ । खासगरी यसले शुक्रकिटलाई, वीर्यलाई चाहिने पोषण तत्व उत्पादन गर्छ ।

यो रोग लाग्ने प्रमुख कारणहरु के–के हुन् ?

यस्तो समस्या हुनुको कारण भनेकै बुढेशकालमा पुरुषहरुको हर्मोनमा गढबढी हुन्छ । यसको आकार बढ्दै गएपछि पिसाबनलीको बाटो अवरोध गरिदिन्छ । यसकारण प्रोस्टेटको समस्या हुन्छ ।

कुन उमेर समूहका व्यक्तिहरुलाई यो समस्याले सताउने गर्छ ?

यो रोग विशेषगरी वृद्व अवस्था अर्थात् पाको उमेरमा लाग्ने रोग हो । उमेर बढ्दै जाँदा यो रोग लाग्ने सम्भावना अधिक हुन्छ । तर युवाअवस्थामा पनि यो समस्या हुँदै नहुने भन्ने चाहिँ होइन ।

यसमा के–कस्ता लक्षणहरु देखा पर्छन् ?

प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र विभिन्न लक्षण देखापर्ने गर्छ । पिसाबको धारा कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने, पिसाब फेर्दा ढिलो पिसाब आउनु, पिसाब फेर्न शुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु, पिसाब चुहिनु, थोपाथोपा झर्नु र पिसाब खुल्ने, रोकिने क्रम पटक–पटक हुनु, पिसाब फेरिसकेपछि पनि पिसाब थैलीमा पिसाब रहेको जस्तो भारी महसूस हुनु, धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिने जस्ता लक्षणहरु देखिन सक्छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ