+
Search

ताजा अपडेट +

पपुलर +

वर्षात् तथा विपद्को अवस्थामा खानेपानी व्यवस्थापनमा सहजीकरण

Facilitation of water supply management during rainy season and disaster situations
डबली खबर
११ महिना अगाडी

२२ जेठ, नुवाकोट । वर्षात् तथा विपद्को अवस्थामा खानेपानी व्यवस्थापनमा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय, नुवाकोटले छ निर्णय गरेको छ ।

बुधबार प्रशासन कार्यालयमा बसेको बैठकले विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको खानेपानी मुहान फलाखु खोलाको मुहान संरक्षणका लागि सम्भव भएसम्म तत्काल सेयरवाल लगाउने वा वोल्डर स्टकिङ गर्ने कार्य जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयले मिलाउने निर्णय गरेको हो ।

बैठकले खानेपानीको मुख्य मुहानको रुपमा रहेको फलाखु खोला मनसुन अवधिमा अवरुद्ध हुन सक्ने सम्भावना रहेकोले वैकल्पिक स्रोतका रुपमा रहेको सम्पवेल आयोजनाको निर्माण कार्य यथाशिघ्र एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

वर्षातमा विपद्‌को समयमा खानेपानी शुद्धिकरणका लागि आवश्यक पर्ने सामग्रीहरु खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोट र विदुर खानेपानी उपभोक्ता समितिले मिलाउने निर्णय गरेको छ ।

बैठकले अन्य खानेपानी उपभोक्ता समितिहरुसँग समन्वय गरी विपदका समयमा खानेपानी उपलब्ध गराउने व्यवस्था विदुर नगरपालिकाले मिलाउने निर्णय भएको छ।

विदुर नगरपालिका क्षेत्रभित्र रहेको खानेपानी पाइप लाइन गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी आयोजना क्षेत्रमा पर्ने भएकोले उक्त पाइप लाइन पुनस्थापना गर्नका लागि लागत अनुमान तयार गरी सडक आयोजनामा पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख शशीधर घिमिरेले जानकारी दिए ।

यस्तै, गल्छी-त्रिशुली-मैलुङ सडक आयोजना निर्माण गर्दा क्षति पुग्न गएको पहिरेवेसी मुहान पाइपलाइन पुनस्थापनका लागि सम्बन्धित सडक आयोजना लाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, खानेपानी तथा सरसफाई डिभिजन नम्बर ६, गल्छी-त्रिशूली-मैलुङ्ग-स्याप्रुबेसी-रसुवागढी सडक योजना, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी तथा सदस्य र प्रमुखलगायतको उपस्तिथी रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ