+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य सेवामा १५ प्रतिशत छुट

global-ime-768x505
डबली खबर
११ महिना अगाडी

५ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएको छ ।

आईतबार उक्त सेवा प्राप्तिको लागि बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र चाबहिलस्थित चुच्चेपाटीमा रहेको तिलगंगा सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।

आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

बैंकका प्रमुख बजार अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।

यसैगरी, यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एउटै छाना मुनी आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए ।

पन्तले यो पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे ।
यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ