+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम शहीद लखन थापा मगर सङ्ग्रहालय निर्माणका लागि सहयोग जुट्दै

magar community museum
डबली खबर
१ साल अगाडी

३० वैशाख, नुवाकोट । प्रथम शहीद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि नुवाकोटमा पनि आर्थिक सहयोग जुटिरहेको छ ।

उक्त भवन निर्माणको लागि नुवाकोट जिल्लाबाट दुई लाख २८ हजार ५५९ रुपैँया आर्थिक सहयोग सङ्कलन भएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बागमती प्रदेशका सचिवालय सदस्य तथा धादिङ नुवाकोटका इञ्जार्ज एवं प्रथम सहिद लखन थापा मगर संग्राहलय निर्माण जिल्ला समिति नुवाकोटका अनुगमन समितिका संयोजक भगवान राना मगरले जानकारी दिए ।

मगर जातिको सांस्कृतिक पहिचान, भेषभुषा, परिकार र सिङ्गो मगर समुदायको इतिहासलाई समेटेर सङ्ग्रहालयमा भवन निर्माण गरिन लागिएको उनले बताए ।

उनले प्रथम शहीद लखन थापा मगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माणको लागि करीब १५ करोड लाग्ने हुनाले सम्पूर्ण मगर समुदायलाई सहयोगको आग्रह गरे ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ