sujim bazar advert

नुवाकोटमा मनाईयो बुद्धजयन्ती, शोभा यात्रा र मूर्ति स्थापना

डबली खबर     बैशाख २९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

buddha jayanti in Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२९ वैशाख, डबली । भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइएको छ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

यसै अवसरमा विदुर नगरपालिका वडा नं २ नुवाकोटमा रहेको लिच्छविकालिन स्वयम्भु चैत्य र नगरपालिकाको १ नम्बर वडामा रहेको सुगतपुर विहार र बट्टार बजारदेखि कर्म देछेनलिङ गुम्बा ढुंगेसम्म बुद्धको महिमा, भक्तिभाव, प्रभातफेरीसहित पुजा आराधाना गरी बुद्ध जयन्ती मनाइएको छ |

भैरवी मन्दिर परिसर डबलीमा आयोजित बुद्ध जयन्ती समारोहमा आज विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले भगवान बुद्धको महिमा र बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण भएको चर्चा गरेकी थिईन् ।

बुद्ध जयन्तीको अवसरमा त्रिशूली र नुवाकोटमा बुद्धको मूर्ति खटमा राखेर स्थानीय क्षेत्रमा शोभा यात्रा निकालिएको थियो ।

कार्यक्रममा विदुर नगरपालिका-१ का वडा अध्यक्ष लेनिन रञ्जित, २ का अध्यक्ष दिपक कायस्थ, कार्यपालिका सदस्य सबु मिजारलगायत भक्तालुहरुले बुद्धको स्मरण गरेका थिए |

साँझ स्वयम्भू महाचैत्य संरक्षण नुवाकोटको आयोजनामा नुवाकोट स्वयम्भु महाचैत्यमा दीप प्रज्वलन गरिएको छ ।

बुद्ध जयन्तीमा ककनि गाउँपालिका-३, छोर्तेन उर्लेन गुम्बामा बुद्ध मूर्ति स्थापना गरिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top