sujim bazar advert

नयाँ उद्यमी केन्द्रीत वित्तीय साक्षरता

डबली खबर     बैशाख २५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

muktinath bikash bank
Big Education Consultancy Nuwakot

२५ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्टार्ट अप र नयाँ उद्यमीहरु केन्द्रीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय वस्तुहरुमा साक्षर गराएको थियो ।

यस कार्यक्रममा २६ जना स्टार्ट तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत् उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top