२२ वैशाख, नुवाकोट । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बागमती प्रदेश संयोजकमा दिपकप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
शुक्रबार ललितपुरमा भएको एसोसिएसनको नवौं अधिवेशनमा १२४ मत ल्याएर अधिकारी विजयी भएका हुन् । अधिकारिको प्रतिद्वन्दी हरिप्रसाद आचार्यले ६३ मत प्राप्त गरेका थिए ।
अधिवेशन उद्घाटन समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एसोसिएसनले सेवा प्रवाहलाई सहज र सेवाग्राहीलाई दुःख र झझन्ट नदिने हिसाबले काम गर्नुपर्नेमा जोड दिए ।
देशभरका मालपोत, नापी, यातायातसहित न्यायिक, अर्धन्यायिक तथा सरकारी कार्यालयहरूमा लेखापढी व्यवसायीहरूले सरकारी सेवालाई सरल र सहज बनाउन सहयोग एसोसिएसनले पु¥याएको योगदानको पनि सभामुख घिमिरेले सराहना गरे ।
महासंघका अध्यक्ष सीताराम दाहालले व्यवसायी संघको प्रमुख कार्य नै पेसागत सुरक्षा र व्यवसायीको हकहितको संरक्षण रहेको जनाउँदै एसोसिएसनले स्थापनाकालदेखि जग्गा प्रशासन र सेवाको क्षेत्रमा सुशासन कायम गर्न आवाज बुलन्द गर्दै आएको बताए ।
प्रतिक्रिया