sujim advert

पृथ्वीनारायण शाह सङ्ग्रहालय सञ्चालनार्थ अध्ययन सुरु

डबली खबर     २ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

prithvi narayan musuem in Nuwakot
bidur tax consultancy services in nuwakot

१८ वैशाख, नुवाकोट । विदुर नगरपालिका–२ स्थित नुवाकोटमा निर्माण गरिएको पृथ्वीनारायण शाह सङ्ग्रहालय सञ्चालनार्थ अध्ययन थालिएको छ ।

बिहीवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठबाट विभिन्न सरोकारवाला पक्षहरुसँग सहकार्य गर्ने क्रममा पाटन सङ्ग्रहालयको संरचना प्राविधिक अष्ट्रियाका नागरिक र उनको साथमा नेपाली नागरिक भरत महर्जनबाट आजदेखि सङ्ग्रहालयको अध्ययन थालिएको छ ।

सङ्ग्रहालय सञ्चालनमा ल्याई यसको अल्पकालिन र दीर्घकालीन संरक्षण एवम् प्रर्बद्धनका लागि सङ्ग्रहालयको प्राविधिकसहित विस्तृत अध्यननको प्रबन्ध नगरपालिकाबाट मिलाइएको छ ।

अध्ययनबाट प्राप्त प्रतिवेदनको आधारमा सङ्ग्रहालयलाई जतिसक्दो चाडै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको नगरप्रमुख श्रेष्ठले बताए ।

सङ्ग्रहालय सात रोपनी जग्गामा रु पाँच करोड २८ लाख लगानीमा निर्माण गरिएको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top