१७ वैशाख, नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाले आफ्ना कर्मचारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण दिएको छ ।
संस्थाले कोशी र मधेश प्रदेशका कार्यक्षेत्रमा कार्य गर्ने दुई सय आठ जना कर्मचारीहरुलाई दुई दिने प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुको सुझाव तथा गुनासो सम्बोधन गर्दै वर्तमान अवस्थामा देखिएका सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यो तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए । साथै, कार्यरत कर्मचारीहरूले अझै गुणस्तरीय सेवा प्रवाह गरेर अब्बल बनाउन मद्दत पुग्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
सो प्रशिक्षण अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट, लघुबित्त बिज्ञ शिव हरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम विभाग प्रमुख उमेश मान डंगोलले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया