sujim advert

छ सहकारी सम्मानित

डबली खबर     ४ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

six cooperative rewards from Bidur Municipality
bidur tax consultancy services in nuwakot

१० वैशाख, नुवाकोट । विदुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदनको आधारमा छ सहकारीलाई सम्मान गरेको छ ।

एक कार्यक्रमका बीच नगरपालिकाले आफ्ना क्षेत्रका कृषि सहकारीका एक, बचत तथा ऋण दुई, उपभोक्ता सहकारी एक र बहुउद्देश्यीय सहकारी दुई गरी छ वटा सहकारी संस्थालाई सम्मान गरिएको सहकारी शाखाका प्रमुख नानीमैया नेपालले जानकारी दिईन् ।

सम्मानित हुने सहकारीहरुमा अजम्बरी साना किसान कृषि सहकारी संस्था लि. विदुर-११, ग्लोबल उपभोक्ता सहकारी संस्था लि. विदुर-४, सारथी बचत तथा ऋण सहकारी संस्था लि. विदुर-९, लायन बचत तथा ऋण सहकारी संस्था लि. विदुर -२, सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर-९ र बट्टार सहकारी संस्था लि. विदुर-४ रहेका छन् ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रमा समावेश गराउन लागेको जानकारी दिईन् ।

कार्यक्रममा उपप्रमुख बोगटीले सम्मानित सहकारी संस्थाका अध्यक्षहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top