१ वैशाख, नुवाकोट । पञ्जीकरण विभागले आज वैशाख १ गतेदेखि एक साता देशभर घटना दर्ता सम्बन्धी सचेतना सञ्चालन सुरु गरेको छ।
जन्म मृत्यु, विवाह बसाइसराई र सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना घटेको ३५ दिनभित्र वडा कार्यालयमा पुगी दर्ता गराउन विभागले अनुरोध गरेको छ ।
व्यक्तिगत घटना घटेको निश्चित समयभित्रै सरल, सहज र प्रभावकारी ढंगले व्यक्तिगत घटना दर्ता गर्न /गराउन आम सर्वसाधारणको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतदेखि नै वैशाख महिनाको पहिलो साता विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जानकारी दिए। यो साता पनि घटना दर्ता सम्बन्धी विविध कार्यक्रम गरी घटना दर्ता सप्ताह मनाइने उनले बताए ।
पञ्जीकरण विभागले मुलतः राष्ट्रिय परिचयपत्र, समाजिक सुरक्षा र पञ्जीकरण (व्यक्तिगत घटना दर्ता) सम्बन्धी कार्यको समन्वय र व्यवस्थापन गर्ने काम गर्छ।

प्रतिक्रिया