+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीसँँग राष्ट्रसङ्घीय अधिकारीको भेट

prime minister kp oli meets hongkong
डबली खबर
१ साल अगाडी

२१ चैत, बैङकक । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले आज भेट गरेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग सलैहले होटेल साङ्ग्रिलामा भेट गरेका हुन् ।

भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतीका सहयोगका विषयमा कुरानकारी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ