+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग महासंघको कोषाध्यक्षमा आचार्य मनोनित

fncci nuwakot
डबली खबर
१ साल अगाडी

१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् ।

आचार्यलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।

उनी महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भएका थिए । महासंघ अध्यक्ष ढकालले आचार्यलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए ।

हाल महासंघको विधानअनुसार ३ कार्यकाल केन्द्रिय सदस्य भएअनुसार आचार्यलाई अध्यक्ष ढकालले कोषाध्यक्षमा मनोनित गरेका हुन् । यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको सदस्यको १८ महिने कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ