sujim advert

नुवाकोट पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित

डबली खबर     फाल्गुन २५, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

Nuwakot declared fully vaccinated district
bidur tax consultancy services in nuwakot

२५ फागुन, नुवाकोट । नुवाकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । जिल्लालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको हो ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै नुवाकोट पूर्ण खोप सुनिश्चतता तथा दिगोपन जिल्ला घोषणा भएको हो ।

आईतबार जनस्वास्थ्य कार्यालयद्वारा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पूर्ण खोप सुनिश्चितता अभियानको सफलतासँगै नुवाकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगर, नुवाकोट जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख र महिला स्वयंमसेविका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री लामाले नुवाकोट जिल्लामा स्वास्थ्य क्षेत्रको समृद्धि र खोप अभियानको महत्त्वमाथि जोड दिएका थिए ।

१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकारभित्र आधारभूत स्वास्थ्य सेवा अर्न्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

यस घोषणासँगै नुवाकोट जिल्ला भविष्यमा स्वास्थ्य सुधार र जनस्वास्थ्य प्रबर्द्धनको सम्भावनालाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top