२४ फागुन, बट्टार । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार विदुर नगरपालिका-२ बट्टारमा भएको पन्ध्रौँ अधिवेशनबाट रामकृष्ण राजभण्डारी पुन: अध्यक्षमा चयन भएका हुन् । राजभण्डारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रधान, उपाध्यक्षमा प्रकाश नेपाल, महासचिवमा नारायणप्रसाद नेपाल, सचिवमा नरेन्द्र अमात्य र कोषाध्यक्षमा गोपाल डङ्गोल चयन भएको निर्वाचनमण्डलका संयोजक अच्युत पाण्डेले जानकारी दिए ।
निर्वाचित पदाधिकारी र सदस्यहरूलाइ केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थलगायतले खादा लगाई दिएका थिए ।
प्रतिक्रिया