अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन । घरपरिवारबाट छुट्टिएर विदेश जाने सर्वसाधारणले त्यहाँबाट पठाएको रकमप्रति देशले जति गर्व गरिरहेको छ, त्यत्तिकै पीडा त्यहाँ हुने दुर्व्यवहारबाट महसुस गर्न सकिन्छ ।
हामी नेपाली युवा, जन्मेका छौं सपनाहरू लिएर, हुर्किएका छौं । आशाका उज्याला घामले । तर जब हुर्कने समय आयो, जब जिम्मेवारीको भारी काँधमा आयो, तब मात्र थाहा भयो-यो देशमा सपना देख्नु भनेको आँखामा सिसा घोट्नु जस्तै रहेछ ।
हामी नेपाली युवा, जन्मेका छौं सपनाहरू लिएर, हुर्किएका छौं । आशाका उज्याला घामले । तर जब हुर्कने समय आयो, जब जिम्मेवारीको भारी काँधमा आयो, तब मात्र थाहा भयो-यो देशमा सपना देख्नु भनेको आँखामा सिसा घोट्नु जस्तै रहेछ ।बाध्यतानै बाध्यताले गुर्जिएको युवाहरु मेलापात घाँस दाउरा चुलो चौका गर्दै यौटा हातमा हसिँया, कुटो, कोदालो र परिवारको जिम्मेवारी बोक्दै अर्को हातले किताब, कापी बोकेर कहिले खाली पेट, त कहिले ड्रेस पूरा नलगाई आफू विद्यार्थी भई रहँदा रहँदै आना साना भाईबहिनीका अभिभावक भनेर शिक्षकभन्दा पछाडी कक्षाकोठामा पुगी सजायका भागिदार बन्न विवस छन् र परीक्षामा सर्वोत्कृष्ट नम्बर लेराएर उत्कृष्ट बन्न पुग्दछन् ।
कलेजका पढाई सकिए, तर रोजगारीका ढोका खुलेनन् । जागिरको आशमा सहरका गल्ली चाहार्यौं, आफ्नै परिचयपत्र बोकेर धेरैको ढोकामा पुग्यौं । कतै अनुभव चाहियो, कतै सम्बन्ध । अनि बल्ल थाहा पाइयो — यहाँ प्रतिभा होइन, पहिचान चाहिन्छ, यहाँ संघर्ष होइन, सिफारिस चल्छ ।
व्यवसाय गरौं, लगानी छैन । विदेश जाने, भट्टि जाने, चुनाव उठ्ने, नेतालाई करोडौंको मालिकलाई यहाँ ऋणको माग भएको सुन्न नपाउँदै खोजेभन्दा बढि पैसा बिना धितो नेपाल सरकार र बैंकहरुले दिने गर्छन् तर बिडम्बना नेपालमै केही गर्छु सीप छ भन्यो, भने कृषिमा लगानी गर्छु भन्यो भने सामान्य १/२ लाख झिक्नको लागि तीन पुस्तेदेखि धितो र जवानी हुँदाहुँदै पनि पाँचौंपटक बिन्ती गर्दा पनि रिजेक्ट गर्दिन्छ । न सरकारले कुनै रोजगारी को अवसर नै दिन सक्छ ।
चुनावमा तछाडमछाड गर्दै विभिन्न नेताहरु भोट माग्न आउँछन् र भाषण ठोक्ने गर्छन् । हामी युवालाई रोजगार हैन । हामी बढि भन्दा बढि युवा वैदेशिक रोजगारीमा पु¥याउने छौं । यिनै नेताहरुका झण्डा उचाल्दै हाम्रा नेता भन्दै भजन गाउँदै तिनै युवाहरू हिँड्छन र चुनाव सकिएर सपथ खान नपाउँदै, पासपोर्ट समाउँदै नेपालमा केही सम्भावना छैन सकिएछ भने नेपाल फर्किएर केही गरौँला भन्दै नेपालको झण्डा काँधमाथी राख्दै विमानस्थलको द्वारमा वृद्ध आमाबुबा भर्खरै विवाह गरेर आफ्ना बुढि वा बुढा,
छोराछोरीसँग अंगालो हाल्दै, कोलाहल गर्दै रुँदै, मुटु फुटाउँदै परदेशीन बाध्य छन् ।
विदेशी मरुभूमिमा त्यो विरानो ठाउँ अपरिचित व्यक्तिहरु ४२ डिग्रीको चर्को घाम त्यहाँका शोषकहरुको यातना, गाली सहँदै काम गर्नुपर्ने बाध्यता । अझै दिदीबहिनीले त्यहाँ भोग्नुपरेका यौनशोषण, यातना, तनाव लगायत बन्दी बनाएर राखेको त्यो कहाली लाग्दो अवस्था कल्पना गर्दा त ज्यानबाट काँडा उम्रेर आउँछ ।
गाउँमा आमा पर्खिरहेकी छिन्, बुवाले आश मारेका छैनन्, श्रीमतिले बाटो कुरिरहेकी छिन् । हुँर्कदै गरेका छोराछोरी, कोखमा हुर्कदै गरेको बच्चाको गर्भवती आमा जुन बच्चा जन्मिएर आँगनीमा कुद्ने हुदाँ आफ्नो बुबासँग खेल्ने रमाउने त छुट्टै आफ्नो बुबा समेत चिन्न नपाउँदाको अवस्था । विदेशमा पैसा कमाउन नसनु तर हामी भने भोलिको अन्योलले थिचिएका छौं । यही देशमा केही गर्छु भन्ने जाँगर थियो । तर यहाँ अवसरभन्दा बढी निराशा छ । यही कारण धेरै साथीहरु विदेशीको गुलामी स्वीकार्छन् । यहाँ इज्जत नपाएपछि, आफ्नो अस्तित्वको खोजीमा विदेशिन्छन् ।
तर के हाम्रो परिचय परदेशी नै हो त? के हाम्रो मेहनत यहीँ नपलाएर पराइ भूमिमा मात्र फल्छ? देशका शासकहरू सुन्छन् कि सुन्दैनन्, थाहा छैन । तर एक दिन, जब यिनै युवाहरू उठ्नेछन्, जब यिनै हातहरूले आफ्नो भाग्य कोर्नेछन्, तब यो देशले हाम्रा पाइला रोक्न सक्दैन । किनभने हामी सपना देख्न छोड्ने छैनौं, किनभने हामी संघर्ष गर्न नछाड्नेछौं ।
गाउँघरमा पर्याप्त रोजगारीका अवसरहरू नहुँदा युवा विदेशीन बाध्य छन् । कृषि क्षेत्रमा पनि नयाँ प्रविधिको कमी र बजारको अभावले उनीहरूलाई वैदेशिक रोजगारको बाटो अपनाउन बाध्य बनाउँछ। गाउँमा शिक्षाको स्तर कमजोर छ, जसका कारण उच्च शिक्षा हासिल गर्ने अवसर सीमित हुन्छ। युवा वैदेशिक रोजगारको लागि जाने निर्णय गर्छन् ताकि उनीहरूले आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सकून् । धेरै ग्रामीण क्षेत्रका परिवारहरू आर्थिक रूपमा कमजोर छन्। विदेशी कामदारीबाट कमाएको पैसाले उनीहरूको आर्थिक अवस्था सुधार्न सक्ने अपेक्षा हुन्छ, जसका कारण युवा विदेश जान्छन्।
यसैगरी परिवारको अपेक्षा र दबाबले पनि युवाहरूलाई विदेश जान बाध्य बनाउँछ। विशेष गरी विवाह र घर निर्माण जस्ता ठूला आर्थिक भारहरूलाई हल गर्न वैदेशिक रोजगारीलाई प्राथमिकता दिइन्छ । धेरै युवाहरूले विदेशमा असुरक्षित र कठिन काम गर्नुपर्छ। स्वास्थ्य सेवाको अभाव र कठोर कामको कारण शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्छ। विदेशमा रहेको एक्लोपन र सामाजिक समर्थनको अभावले युवाहरूलाई मानसिक तनाव उत्पन्न हुन्छ। परिवार र साथीहरूबाट टाढा रहँदा उनीहरूले भावनात्मक रूपमा कमजोर महशुस गर्छन् । अतः विदेशमा गएका युवा गाउँघरका लागि आर्थिक रूपमा सहयोगी भए पनि उनीहरूको संघर्ष र पिडा बुझ्न आवश्यक छ ।
–यो लेख नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्ववियुले प्रकाशन गरेको ‘आदर्श मनोभाव‘ स्मारिकामा प्रकाशित छन् ।
प्रतिक्रिया