११ फागुन, नुवाकोट – देविघाटमा रहेको जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी चित्रकार चयन भएका छन् ।
संस्थाको शनिबार भएको अधिवेशनले चित्रकारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। चित्रकारको नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा शुशिला चित्रकार, उपाध्यक्षमा नविन चित्रकार, सचिवमा मदनलाल चित्रकार, सहचिवमा शिवप्रसाद प्याकुरेल चयन भएका छन् ।
कोषाध्यक्षमा रामलाल चित्रकार र सहकोषाध्यक्षमा बद्रीलाल चित्रकार चयन भएका छन् ।

प्रतिक्रिया