+
Search

ताजा अपडेट +

पपुलर +

स्वयंसेवी रक्तदाता समाजमा न्यौपाने

Nuwakot volunteer blood society
डबली खबर
१ साल अगाडी

७ फागुन, विदुर । नेपाल स्वयंसेवी रक्तदाता समाज नुवाकोटको अध्यक्षमा रविन्द्रनाथ न्यौपाने चयन भएका छन् ।

आज भएको संस्थाको पहिलो अधिवेशनबाट अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।

न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा सम्झना प्याकुरेल, सचिवमा सुजन गजुरेल र कोषाध्यक्षमा अस्मिता ढकाल चयन भएका छन् ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले सपथ खुवाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ