+
Search

ताजा अपडेट +

पपुलर +

प्रजातन्त्र दिवस मनाईयो, १५ जनाले गरे रक्तदान

on the occasion of Democracy Day, 15 donors donate blood in Nuwakot
डबली खबर
१ साल अगाडी

७ फागुन, विदुर । नुवाकोटमा विविध कार्यक्रम गरी ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।

दिवसको अवसरमा आज (बुधबार) विदुरस्थित लोकतान्त्रिक चौतारादेखि कोलेनीस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा प्रभातफेरी गरिएको थियो ।

दिवसकै अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा भएको रक्तदानमा महिला दुईजना र पुरुष १३ जनाले रगतदान गरेको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठाकुरीले जानकारी दिए ।

रक्तदानमा समन्वय प्रमुख ठकुरी, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीलगायतले रक्तदान गरेका थिए ।

विदुर चोकमा स्थानीयहरु प्रजातन्त्र दिवसमा दीप प्रज्वलन गर्दै ।

यसैगरी, दिवसकै अवसरमा साँझ विदुर चोकमा स्थानीयहरुले दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, नेपाल रेडक्रस सोसाईटीका पदाधिकारी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीवन डङ्गोल लगायतको सहभागिता रहेको थियो ।

रक्तदान र दीप प्रज्वलन कार्यक्रममा विदुर सिटी युथ क्लब, विदुर युवा रेडक्रस सर्कल, नुवाकोट उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाईटि नुवाकोटको सहकार्य रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ