World Tuberculosis Day 2025
sujim advert

प्रथम बागमती साहित्यिक महोत्सव हुदैँ

डबली खबर     फाल्गुन ५, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bagamati sahityik mahotsav 2081
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

५ फागुन, धादिङ । दुई दिने प्रथम बागमती साहित्यिक महोत्सव यहि फागुन १६ र १७ गते हुने भएको छ ।

आईतबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै डिभिजन वन कार्यलय धादिङका अध्यक्ष एवम् व्यवस्थापन समिति संयोजक विष्णु प्रसाद आचार्यले उक्त जानकारी दिएका हुन् ।

साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको सम्बर्धन भन्ने मूल नारासहित बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्गस्थित सबै सरोकारवालाको संयोजनमा उक्त महोत्सवको आयोजना हुन लागिएको हो ।

महोत्सवले सिङ्गो प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा लिईएको छ ।

कार्यक्रममा संयोजक आचार्यले बागमती प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिए पनि त्यसको मूर्तता नभइरहेको परिप्रेक्षमा विधि, निर्देशिका र ऐनहरुको निर्माण कार्यमा प्रदेश निरन्तर लागीरहेकोले यसको सकारात्मक परिणाम छिट्टै नै प्राप्त हुने बताए ।

प्रदेशका प्रसिद्ध लेखक र सर्जकहरु, साहित्यानुरागी साथमा नव लेखकहरुको उपस्थित हुने उक्त महोत्सवमा विभिन्न शिर्षकहरुमा ११ वटा प्यानल डिस्कसन, एउटा काव्य सन्ध्या, एउटा गजल सन्ध्या र एउटा सृजनात्मक सत्र गरि जम्मा १४ वटा चरण हुने जानकारी दिए ।

महोत्सवमा प्यानेलिस्ट, पाठक र लेखक साक्षात्कार लेखक तथा वक्तासंग आवश्यकता अनुसार पाठकहरू र श्रोताको साक्षात्कार र संवादको अवसर प्रदान गरिने, कला, साहित्य झल्कने चित्रकला हरिप्रसाद शर्माका चित्र प्रदर्शन गरिनेछ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top