४ फागुन, नुवाकोट । नेकपा एमाले क्षेत्र नं. २ निर्वाचन समन्वय समितिले शनिवार बट्टारमा रक्तदान कार्यक्रम गरेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस गेट अगाडी भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।
नेकपा एमाले क्षेत्र नं. २ का अध्यक्ष सम्मरबहादुर आलेको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्दीय सदस्य एवं क्षेत्रीय इन्चार्ज विन्दा ढुंगानाले गरेकी थिइन् ।
रक्तदानमा विदुर नगरपालिकाका १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्जित र २ नम्बर वडाका अध्यक्ष दिपक कायस्थले समेत रक्तदान गरेका थिए ।
सामाजिक काममा पनि एमाले पार्टीलाई क्रियाशील बनाउन र मानिसको जीवनसँग जोडिएको खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिनको लागि रक्तदान कार्यक्रम सञ्चालन गरिएको क्षेत्रीय सचिव विष्णु दाहालले जानकारी दिए ।

प्रतिक्रिया