sujim bazar advert

सिटिजन्स बैंकको शाखा विस्तार

डबली खबर     माघ २९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

citizen international bank new branch in Panipokhari
Big Education Consultancy Nuwakot

२९ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९८औँ शाखा पानीपोखरीमा विस्तार गरेको छ । योसँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३९ वटा शाखाहरू र बागमती प्रदेशमा ५५ वटा शाखाहरू सञ्चालनमा आएको छ ।

आज आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई संशोधन गर्दै अध्यक्ष पाण्डेले ‘प्रुडेन्ट’ बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गरे । उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाइमा लैजानका लागि प्रेरित गरे ।

शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top