+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा इन्स्योरेन्सले ७.८९ प्रतिशत लाभांश दिने

logo of Sanima GIC Insurance
डबली खबर
१ साल अगाडी

२५ माघ, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ