sujim advert

इन्स्योरेन्स र बैंकबीच व्यवसायिक सम्झौता

डबली खबर     माघ २३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

muktinath development and nepal micro insurance contracted
bidur tax consultancy services in nuwakot

२३ माघ, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनीले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी बैंकसँग सम्झौता गरेको हो ।

आज दुई द्विपक्षीयले एक कार्यक्रमका बीचमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

कम्पनीका रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए । साथै उनले इन्स्योरेन्स कम्पनीको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका उपप्रमुख कार्यकारी अधिकृत बज्राचार्यले सकारात्मक सोचलाई निरन्तरता दिदै “यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नबिन कार्य र प्रभावका लागि हो भन्द कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केंद्रित उत्पादनहरू विकास हुने बताए । जसले दिगो विकासलाई टेवा पुर्याउने समेत जनाए ।

यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवद्र्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको छ, जसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्नेछ । यो रणनीतिक साझेदारीे नेपालको ग्रामीण र अर्धशहरी क्षेत्रमा आर्थिक स्थिरता र लचिलोपन प्रवद्र्धन गर्न साझा प्रतिबद्धताको प्रतीक पनि हो ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top