sujim advert

३५ अर्ब खिच्दै राष्ट्र बैंक

डबली खबर     माघ २३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

Nepal Rastra Bank 180 panorama view
bidur tax consultancy services in nuwakot

२३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।
राष्ट्र बैंकले आजै अर्थात् माघ २३ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक फागुन १३ गते हुनेछ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top