sujim bazar advert

बैंकले व्यवसायीलाई परामर्श दिनुपर्छ: गभर्नर अधिकारी

डबली खबर     माघ २१, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Rastra Bank governor maha prasad adhikari in EMSON program
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२१ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले व्यवसायीलाई परामर्श (काउन्सिलिङ) दिनुपर्ने र सानो आर्थिक अस्थिरता देखिँदैमा कालोसूचीमा राखिहाल्न नहुने बताएका छन् । उनले बैंकहरूको भूमिका कर्जा प्रवाहमा मात्र सीमित नराखी व्यवसायीहरूको आर्थिक स्थायित्व सुनिश्चित गर्न मद्दत गर्ने पनि हुनुपर्ने बताए।

‘इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)द्वारा नेपाल बैंकर्स सङ्घका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा व्यवसायीहरू प्रायः प्लान बी बिना नै अगाडि बढ्ने गरेको बताए । यदि व्यवसायीहरु अस्थायी रूपमा आर्थिक संकटमा परेको खण्डमा बैंकले सहयोग नगरी उल्टै कालोसूचीमा राखेर व्यवसाय नै बन्द हुने स्थिति सिर्जना गर्न नहुने उनको भनाई थियो ।

‘बैंकिङ क्षेत्रमा परामर्शको आवश्यकता धेरै छ, कुनै व्यवसायीले सानो प्राविधिक गल्ती गर्दा वा अस्थायी वित्तीय समस्या भोग्दा उनलाई सिधै कालोसूचीमा राख्ने प्रवृत्ति गलत छ,’ उनले भने, ‘बैंकले परामर्श दिएर व्यवसाय टिकाइदिन सक्छ। बैंकहरू केवल कर्जा प्रवाह गर्ने संस्था मात्र होइनन्, व्यवसायलाई चलायमान राख्ने अभिभावक पनि हुन् ।’

उनका अनुसार बैंकिङ प्रणालीभित्र देखिएका समस्याहरू समाधानका लागि मौद्रिक नीतिमार्फत कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ। राष्ट्र बैंकभित्र गठन गरिएको टास्क फोर्सले सो सम्बन्धी कानुनी मस्यौदा तयार गरिरहेको छ। गभर्नर अधिकारीका अनुसार बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा व्यवस्थापन र ऋणको पुनःउत्थान (रिकोभरी) का समस्या मौद्रिक नीतिमै कानुनी आधार तयार गरेर समाधान गरिँदैछ।

‘हामी एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाका लागि आवश्यक कानुनी ढाँचा बनाइरहेका छौं। खराब कर्जा व्यवस्थापन गर्न सकेमा बैंकहरूको वित्तीय स्थायित्व बलियो हुन्छ। रिकोभरीको समस्या अर्थतन्त्रको मन्दी (स्लोडाउन) सँग जोडिएको छ। आर्थिक सुधार हुँदै जाँदा बैंकहरूको रिकोभरी दर पनि सुधार हुनेछ,’ उनले भने।

‘बैंकहरूको गैर–बैंकिङ कर्जा (एनपीए) स्तर सधैं बढिरहन्छ भन्ने होइन, समयक्रममा सुधार आउने उनको विश्वास छ’ उनले भने, ‘बैंकिङ प्रणालीलाई स्थिर बनाउन राष्ट्र बैंकले परामर्श, नियमन, र वित्तीय उपकरणहरूको प्रयोग गरिरहेको छ। बैंकहरूलाई सानो धक्काले नराम्रो असर नपरोस् भन्ने सुनिश्चित गरेका छौं ।’

गभर्नर अधिकारीले बैंकहरूले आफ्नो ग्राहकहरूसँग परामर्श बढाउनुपर्नेमा जोड दिए। व्यवसायीहरूले आर्थिक संकटको सामना गर्दा बैंकले कर्जा मात्र दिने होइन, उनीहरूको दीर्घकालीन वित्तीय व्यवस्थापनमा पनि मद्दत गर्नुपर्ने उनको भनाइ छ।

नेपालको बैंकिङ क्षेत्र बलियो भएकाले व्यवसायीहरूले पनि निराश नहुन गभर्नर अधिकारीले आग्रह गरे। उनले बैंकहरूले व्यवसायीहरूलाई सहज बनाउन सहुलियत दिनुपर्ने कुरालाई जोड दिँदै व्यवसायलाई कसरी जोगाउन सकिन्छ भन्ने बारे बैंकहरूले ध्यान दिनुपर्ने बताए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top