sujim bazar advert

प्रोटन ‘इमास ७’ आउँदै

डबली खबर     माघ १४, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Proton EV Car mas
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१४ माघ, काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन विद्युतीय कार ल्याउने भएको छ । मलेसियामा गत महिना सार्वजनिक भएको प्रोटनको विद्युतीय इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।

प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ विद्युतीय सार्वजनिक गर्ने तयारी गरेको छ । प्रोटन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।

प्रोटन ‘इमास ७’ ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ । यी मूल्याङ्कनहरूले ‘इमास ७’ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

हाल नेपालमा इभी बजार आकर्षित भएको समयमा ‘इमास ७’ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top