+
Search

ताजा अपडेट +

पपुलर +

सामरी पुल शिलान्यास

डबली खबर
१ साल अगाडी

१७ पुस, नुवाकोट । विदुर नगरपालिका वडा नं. १३ स्थित सामरी खोलामा पक्कि पुलको शिलान्यास भएको छ ।

मङ्गलबार विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले पक्कि पुलको शिलान्यास गरेका हुन् ।

बागमती प्रदेश सरकारबाट बजेट प्राप्त भएर पुल निर्माण सुरु गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

पुलको लागत तीन करोड १६ लाख रुपैँया रहेको १३ नम्बर वडाका अध्यक्ष भरतबहादुर तामाङ  जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार आगामी वर्षको पुस ४ गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ