+
Search

ताजा अपडेट +

पपुलर +

कम राजस्व सङ्कलन

DAO Nuwakot Office Building
डबली खबर
१ साल अगाडी

९ पुस, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले मङ्सिरमा २४ लाख राजस्व सङ्कलन गरेको छ । गत कार्तिक महिनाभन्दा कम राजस्व सङ्कलन भएको छ ।

कार्यालयको मासिक प्रगति विवरणअनुसार राहदानीमा २३ लाख ८५ हजार रुपैँया, ऐजन्सी दर्तामा १० हजार ६०० रुपैँया र प्रशासनिक दण्ड जरिवानामा सात हजार रुपैँया गरी २४ लाख दुई हजार ६०० रुपैँया राजस्व सङ्कलन गरेको छ । गत कार्तिकमा कार्यालयले ५१ लाख ९४ हजार १०० राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले वंशजको आधारमा नयाँ नागरिकता ५३४ वटा, नागरिकता प्रतिलिपि ६३३ वटा, गैरआवासीय दुई वटा र वैवाहिक/अंगिकृत नागरिकता एक वटा वितरण गरेको छ ।

चालुआर्थिक वर्षमा ११ जना सेवाग्राहीले गैरआवासीय परिचयपत्र लिएका छन् ।

कार्यालयबाट राष्ट्रिय परिचयपत्र ६५९ वटा वितरण गरिएको छ भने ३५ वटा नाबालक परिचयपत्र जारी भएको छ ।

यस्तै, ५८९ वटा राहदानी फाराम सङ्कलन गरिएकोमा ५७७ वटा राहदानी वितरण गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ