+
Search

ताजा अपडेट +

पपुलर +

विधान संशोधन

fncci federation of Nepal commerce and industry
डबली खबर
१ साल अगाडी

२६, मङ्सिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष साधारणसभाले विधान संशोधन गरेको छ । ललितपुरमा बुधबार भएको साधारणसभाले विधान संशोधन पारित गरेको हो ।

विधान संशोधनसँगै अब अध्यक्ष प्रत्यक्ष निर्वाचिच हुनेछ भने जिल्लालाई दुई उपाध्यक्षको व्यवस्था गरिएको छ । यसैगरी कार्यकाल दुई वर्षको हुने व्यवस्था संशोनबाट गरिएको छ ।

अहिले वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठको कार्यकालपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ । यस्तै एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला नगरमा दुई उपाध्यक्षसहित चारजना उपाध्यक्ष हुने व्यवस्था संशोधनले गरेको छ ।

महासङ्घमा विगतमा अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था थियो । तर त्यसलाई संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत हुने गराइएको थियो भने अहिले पुन: अध्यक्षको निर्वाचन हुने नै व्यवस्था तय गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ