२३ मङ्सिर, नुवाकोट – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विदुर नगर कमिटीको अध्यक्षमा रामराजा कुमाल सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको नगर कमिटीको तेस्रो अधिवेशनबाट कुमाललाई अध्यक्ष चयन गरिएको हो । अध्यक्ष कुमाल विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको गुडविल एकेडेमीका प्रध्यानाध्यापक हुन् ।
कार्यसमितिको सचिवमा हीराजीत सुनार र कोषाध्यक्षमा रामजी अधिकारी चयन भएका छन् ।
अन्य दुई सदस्यहरुको चयन संस्थाको पहिलो बैठकले गर्ने अध्यक्ष कुमालले जानकारी दिए ।
प्रतिक्रिया