२३ मङ्सिर, नुवाकोट । सहयोगी बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सेयर पुँजी तीन करोड तीन लाख ३० हजार ९०० रुपैयाँ पुगेको छ ।
शनिबार भएको संस्थाको १७औं वार्षिक साधारणसभामा नुवाकोट बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा सात करोड एक लाख आठ हजार ३५७ रुपैयाँ बचत गर्न सफल भएको अध्यक्ष केदारप्रसाद रिजालले जानकारी दिए । कर्जा लगानीतर्फ संस्थाले आफ्ना १९७ जना सदस्यहरुमा छ करोड ४१ लाख ३९ हजार ६४० रुपैँया लगानी र शेयर पुँजि तीन करोड तीन लाख ३० हजार ९०० सङ्कलन गरेर परिचालन गरिरहेको अध्यक्ष रिजालले जानकारी दिए ।
प्रविधिमैत्री सहकारी मर्यादित व्यवसायको नारालाई आत्मसाथ गर्दै संस्थाले अत्याधुनिक अनलाईन लेखा प्रणाली सञ्चालन गर्दै आईरहेको छ। साथै सहयोगी मोबाईल बैकिङ् एपमार्फत् पानी, बिजुली, ईन्टरनेट, टेलिभिजन रिचार्जलगायतको भुक्तानी गर्न सकिने मोबाईल एप सञ्चालनमा छ । चालु आर्थिकवर्षदेखि बजार प्रतिनिधिहरुद्वारा गरिने बचत सङ्कलनलाई डिजिटल प्रणालीको लागि ट्याब्लेट बैकिङ् सेवा विस्तार गरिने योजना रहेको संस्थाका अध्यक्ष रिजालले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले “परोपकार र नाफाका लागी मात्र, होइन सेवाका लागि पनि हो”, “गर्वदेखि स्वर्गसम्म” र “मलाई थाहा छ मेरो स्वास्थ्य” कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।
संस्थाले कार्यक्रममा स्वीकृत नीति तथा कार्यविधिभित्र शेयरसदस्य ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेको छ । यसैगरी उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी सदस्यलाई पुरस्कृत गर्नुको साथै सदस्यका छोराछोरी मध्येबाट एसइई वा सो भन्दामाथि उत्कृष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ ।
महिला ७५६ र पुरुष ७९६ गरी एक हजार ५५२ सदस्य रहेको संस्थामा हाल १० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।

प्रतिक्रिया