+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नगरपालिका निरन्तर अगाडी बढी रहेको छ: नगरप्रमुख श्रेष्ठ

डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नगरपालिका निरन्तर अगाडी बढी रहेको बताएका छन् । यसमा सहजीकरण र समन्वय गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

शुक्रबार (आज) अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विदुर नगरपालिका वडा नम्बर ५ द्वारा माझिटारमा आयोजित एसइई उत्कृष्ट विद्यार्थी सम्मान, नाटक प्रदशनी, वक्तृत्वकला एवं विविध सांस्कृतिक कार्यक्रममा नगरप्रमुख श्रेष्ठले उक्त धारणा राखेका हुन् ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाले दरबन्दी मिलान कार्यले विद्यायलयको नतिजामा उत्कृष्टता हासिल गरेको बताए । गत शैक्षिक वर्षमा लिएको कक्षा ८ को नगरपालिकास्तरीय परीक्षाले विद्यार्थी, शिक्षक र अभिभावकमा अध्ययन, अध्यापन र शैक्षिक चेतना आएकोमा नगरप्रमुख श्रेष्ठले खुशी व्यक्त गरे ।

नगरपालिकाले नमुना परीक्षणको रुपमा नगरका वडा नम्बर ५ र ९ को कार्यालय परिसरमा उत्पादन गरिएको सयपत्री फुलले स्थानीय कृषकहरु फुलमा आत्मनिर्भर रहन र जीविकोपार्जनको निमित्त सहज होस् भन्ने हेतुले फुल उत्पादन कार्यक्रम अगाडी बढाएको नगरप्रमुख श्रेष्ठले बताए ।

हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिन्छ । सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ