sujim bazar advert

६७ लाख मूल्य बराबरको अवैध मोबाइल बरामद

डबली खबर     कार्तिक ६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

recovered the goods designed with customs
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – अवैध रुपमा भन्सार छलि ल्याएको ६६ लाख ८९ हजार ८०० रूपैयाँ बराबरको मोबाइलहरू नुवाकोट प्रहरीले बरामद गरेको छ।

गल्छीबाट त्रिशुलीतर्फ आउँदै गरेको बा ३ ख ८६१२ नम्बरको हाईस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा नं. १ का अन्दाजी ५९ वर्षीय डम्बरसिंह विष्टले झोलामा लुकाई छिपाई ल्याएको बिल बिनाको ८९ थान विभिन्न कम्पनीको मोबाईलहरू फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

बेलकोटगढी नगरपालिका वडा नं. ५ अस्थाई प्रहरी पोष्ट कोल्पुटार अगाडी गल्छी-त्रिशुली सडकखण्डमा प्रहरी अधिकृतसहितको टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

बरामद गरिएका अवैध मालसामानसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक तीलक भारतीले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top