+
Search

ताजा अपडेट +

पपुलर +

पिङ संरक्षणमा तारकेश्वर

traditional swing in tarakeshwar rural municipality
डबली खबर
१ साल अगाडी

नुवाकोट – मौलिक तथा लोपोन्मुख पिङ संरक्षणमा तारकेश्वर गाउँपालिकाले सक्रियता देखाएको छ।

गाउँपालिकाले पिङ निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएको थियो। मुख्य चाडपर्वहरू बडादसैं र तिहारको रौनक बढाउने विभिन्न पिङ हराउँदै गएको कारण त्यसको संरक्षण सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

डेढ लाख रुपैया खर्च गरेर तारकेश्वर गापाले रोंगटे र डोरे पिङ निर्माण गरिदिएको गापा अध्यक्ष शिव अधिकारीको भनाइ छ।

काठको बलियो खाँबो र काठकै पिर्काहरूको प्रयोग गरी रोंगटे र डोरे पिङ बनाइएको छ।

पछिल्लो समय काठको समेत अभावले गर्दा रोंगटे र जाँते पिङ हराउँदै गएको भनाइ बुढापाकाको छ। लिंगे र डोरे पिङहरू भने थोरै देख्न पाइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ