sujim advert

नुवाकोटमा फुलपाती भित्र्याइयो

डबली खबर     अशोज २४, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

fulpati nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – यसवर्षको दसैंमा पनि नुवाकोटमा फुलपाती भित्र्याइएको छ ।

विदुर नगरपालिका-२ स्थित दरबार परिसरबाट अशोकबारीको धोबिधारा चौतारासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको ब्याण्डबाजा, नुवाकोट भैरवी गुठीका बाजागाजसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ ।

नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो ।

नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको मानिन्छ । वि.स. १८०१ साल असोज १५ गते तेस्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्र शाहिले बताए । फुलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्व रहेको उनले बताए ।

सरकारी प्रतिनिधि सहितका सर्वसाधारण पहिले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर फुलपाती जात्रासहित भित्र्याएका हुन् ।

प्रसिद्ध तुलजामा फुलपाती भित्र्याउनु अघि फुलपाती ल्याउने स्थान र फुलपाती भित्र्याउने स्थानमा लिपपोत गरि चोखो बनाई विशेष पुजापाठ गरिएको थियो ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top