sujim bazar advert

रास्वपाको ध्यानाकर्षण

डबली खबर     अशोज १६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

rashtriya swatantra party
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख रामकृष्ण अधिकारीलाई बाढीपहिरोका पिडित, चाडपर्वलक्षित बजार र सुरक्षा संयन्त्र सन्तुलनको लागि ध्यानाकर्षण गराएका छन् । पार्टीका सभापति रामेश्वर गजुरेलको टोलीले बुधबार प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ध्यानाकर्षण-पत्र बुझाएका हुन् ।

पार्टी सभापति गजुरेलले मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारीमा भएका कमजोरीका कारण देशले ठुलो जनधनको क्षति व्यहोर्नु परेको पीडादायी घटना प्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको बताए ।

पत्रमा भनिएको छ “नेपालीहरुको महत्वपूर्ण चाडपर्व दशैं, तिहार, नेपाल सम्वत, छठ पर्व नजिकिदा आवतजावत बढ्ने गर्छ । यसलाई मध्यनजर गर्दै आइपर्न सक्ने यप विपद्‌को पूर्व तयारीका लागि घाइते तया पीडित नागरिकको उद्धारमा तीव्रता दिई ययाशीघ्र उचित उपचारको व्यवस्था गर्न तया तत्काल गाँस र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्न तया विपतमा परी ठूलो संख्यामा भएको मतृकको खोजी संकलन तया पिडित परिवारलाई दाहसंस्कार गर्न सहयोग गर्न अत्यावश्यक भएको हुदाँ यसमा जिल्ला प्रशासन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछौं ।”

पार्टीले अधिकांश राजमार्गमा पुलहरू भत्केका हुदाँ अस्थायी बेली ब्रिजको ययाशीघ्र व्यवस्था गर्न आग्रह गर्दै राजमार्ग र अन्य सहायक मार्गहरूको अवस्था सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अभाव, अप्ठ्यारो अवस्था र चाडपर्वको बेलामा चोरी डकैती तया अपराधिक घटना धेरै बढ्‌ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्वतयारी अवस्थामा रहन प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

यस्तै, पार्टीले चाडपर्व नजिकिदै गरेको अवसरमा पारेर दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव श्रृजना गरिएको, कालोबजारले प्रसय पाएको, भूमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मुल्यसुचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मुल्यवृद्धि गरिएको, विल विजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेन्टीको प्रत्याभुति लगायतका विषयमा अभिलम्ब अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आतंकित नबनाई समन्वयात्मक भुमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथासिघ र प्रभावकारी कदम चाल्न जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top