sujim bazar advert

राष्ट्रिय तथ्यगत विवरण र तथ्याङ्कीय साक्षरता

डबली खबर     अशोज १६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

stastic program in nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुरमा राष्ट्रिय तथ्यगत विवरण कार्यान्वयनको समिक्षा र तथ्याङ्कीय साक्षरता सम्बन्धि दुई दिने कार्यक्रम भएको छ ।

तथ्यांक समन्वय कार्यालय काठमाडौँको आयोजनामा असोज १४ र १५ गते भएको कार्यक्रममा तथ्याङ्क समन्वय अधिकारी प्रभा बरालले अध्यक्षता गरेकी थिईन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले स्थानीय तहले कार्यसम्पादनका क्रममा उत्पादित तथ्याङ्कलाई खुला तथ्याङ्कको अवधारणा अनुरुप सार्वजनिक गर्न राष्ट्रिय तथ्यगत विवरण उपयोगी रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा तथ्यांक समन्वय अधिकारी बराल र तथ्यांक अधिकृत अनिता काफ्लेले जनसंख्या, कृषि र आर्थिक सुचकहरुको बारेमा सहभागिलाइ जानकारी गराउँदै तथ्यांकीय साक्षरता सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय तथ्यगत विवरणमा तथ्यांक प्रविष्टिको अवस्थाका विषयमा छलफल हुनुका साथै यसको प्रयोगका विषयमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समितिका समन्वय अधिकारी शान्तीराज प्रसाइलगायत नुवाकोटस्थित सबै स्थानीय तहका सूचना प्रविधि अधिकृत र योजना शाखमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top