काठमाडौं – बजाज मोटरसाइकलको पल्सर एनएस २०० सिसिको बिक्री वितरण सुरु भएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा उक्त मोटरसाइकल अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा ल्याएको छ ।
ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए ।
बजाज पल्सर एनएस २०० को बजार मुल्य चार लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया