+
Search

ताजा अपडेट +

पपुलर +

२८ जनाले गरे रक्तदान

blood donation in 10th post bahadur memorial trust Nuwakot
डबली खबर
१ साल अगाडी

नुवाकोट – पोष्टबहादुर बोगटीको १०औं स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन गरिएको छ ।

आज पिपलटारमा रहेको पोष्टबहादुर बोगटी स्मृति पार्कमा नेकपा माओवादी केन्द्रद्वारा आयोजित रक्तदानमा २८ जनाले रगत दान गरेको सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा नुवाकोटका अध्यक्ष मिना वाइबाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

स्मृति सभामा सांसद हितबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, बोगटीका धर्मपत्नी राममाया बोगटीलगायतले बोगटीको चर्चा गरेका थिए ।

स्वर्गीय बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । नुवाकोटमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो ।

बोगटीले आफ्नो एक मात्र छोरालाई तत्कालीन माओवादी जनयुद्धमा गुमाएका थिए । तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा उनी मारिएका थिए । उनका श्रीमती र छोरीहरु राजनीतिमा सक्रिय छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ