नुवाकोट – विदुर नगरपालिकाको मेयर छात्रवृत्ति कार्यक्रमबाट प्राविधिकधारमा अध्ययनरत १५ जना विद्यार्थी लाभान्वित भएका छन् । नगरकाअनुसार लक्षित वर्गका १५ विद्यार्थीले सात लाख आठ हजार रुपैयाँ बराबरकोको छात्रवृत्ति पाएका हुन् ।
नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख भएअनुसार छात्रवृत्ति कार्यक्रममार्फत् प्राविधिक विषय लिई अध्ययनरत विद्यार्थीलाई अध्ययन बापत् छात्रवृत्ति प्रदान गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । नगरप्रमुखले नगरभित्रका जेहेन्दार तथा गरीब स्थानीय बासिन्दा विद्यार्थीका लागि प्राविधिक शिक्षा अध्ययनको सम्पूर्ण शुल्क रकमको छात्रवृत्ति प्रदान गरिएको बताए ।
नगरप्रमुख श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदराज खनाल, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थितिमा मेयर छात्रवृत्ति कार्यक्रमको कार्यविधि र मापदण्डले निर्धारण गरे अनुसार तीन वर्षे डिप्लोमा विदुर नगरपालिकाको ढुङ्गेस्थित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छनौटमा परेका विद्यार्थीहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।
बहुप्राविधिकका शैक्षिक सत्र ०७८/७९ देखि २०८०–८१ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकमको चेक सम्बन्धित विद्यार्थी प्रदान गरिएको जनाएको छ ।
प्रतिक्रिया