Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

नेपाल एसबिआई बैंक ३१औं वर्षमा

डबली खबर     असार २४, २०८१

nepal sbi bank 31th anniversary
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल एसबिआई बैंकले आइतबार बैंकको ३१औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्न पर्नेमा पनि जोड दिएका थिए ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पडाले बैंकको उपलब्धिमा योगदान पुरयाएकोमा सबै कर्मचारीलाई धन्यवाद दिएका थिए । प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर रामपुर बजार, पाल्पा सहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम र १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top