काठमाडौं । सानिमा बैंकले यो वर्षको शैक्षिक छात्रवृत्ति आवेदन खुला गरेको छ । बैंकले हरेक उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि स्थायी बसोबास गर्ने २/२ जनालाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।
बैंकले विद्यार्थीहरुकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । जसमा शैक्षिक संस्थामा लाग्ने शुल्कहरु र सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार रुपैयाँ प्रदान गर्दछ ।
यो वर्षमा पनि सोही छात्रवृत्तिलाई निरन्तता दिँदै बैंकले आवेदन खुल्ला गरेको हो । २०८० सालमा सञ्चालित एसइइ परीक्षामा उत्तीर्ण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिको रकम प्रतिवर्ष ५० हजार रुपैयाँसम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रतिमहिना २ हजार रुपैयाँ नगदवृत्ति समावेश हुनेछ ।
बैंकले विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
इच्छुकले आगामी साउन ३२ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा पनि उपलब्ध रहेको छ ।
आवेदक शाखा रहेको स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ भने गरिब तथा विपन्न परिवारको हुनुपर्ने बैंकले जनाएको छ। सरकारी तथा सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्ष अध्ययन गरि पहिलो प्रयासमा नै एसइइमा न्युनतम ‘बि’ ग्रेड ल्याएको हुनुपर्ने जनाएको छ।
प्रतिक्रिया