नुवाकोट – विदुर नगरपालिकाले कर्मचारी पोशाकमा २५ लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कर्मचारी पाेशाक शिर्षकमा २५ लाखनै बजेट विनियोजन गरिएको थियो ।
आज बिहिबार विदुरमा आयोजित विदुर नगरपालिकाको १५औं अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तावित बजेटमा प्रशासनीय खर्च अन्तर्गत पोशाकमा २५ लाखको बजेट विनियोजन प्रस्तुत पेश गरेकी हुन् ।
तलब शिर्षकतर्फ स्थायी कर्मचारीको ३ करोड १० लाख र ज्यालादारी कर्मचारीको ४ करोड २८ लाख ९१ हजार छ ।
कर्मचारी महँगीभत्ता १२ लाख, बैठक भत्ता १० लाख, दैनिक भ्रमण १५ लाख, अन्य भत्ता ११ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै, नगरले कार्यालय सञ्चालन इन्धनमा २० लाख विनियोजन गरेको छ भने मसलन्दमा ५५ लाख खर्च विनियोजन गरेको छ ।

प्रतिक्रिया