नुवाकोट – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत् विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ ।
वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्नेछ ।
प्रेरणादायी व्यक्तिका कथामा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ११ का प्रल्हाद प्याकुरेलको कथा पनि सेमेटीएको छ । उनी अहिले डिलाइट इलेक्ट्रिकल इन्जिनियरिङ प्रा.लिको निर्देशक हुन्। उनको कम्पनीले वार्षिक १५ करोडभन्दा माथि कारोबार गर्ने कथामा उल्लेख छ । हाल उनले कानुनमा एलएलबीको अन्तिम वर्षको परीक्षा दिएका छन् ।
वेबसाइटमा प्याकुरेलको साथै डा. सन्दुक रुइत, रुक्शना कपाली, प्रकाश सपूत, लोक चित्रकार, क्याप्टेन विजय लामालगायतका कथाहरु पढ्न पाईन्छ ।
यस्तै, वेबसाइटमा वृत्ति, विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय तहलगायतको समाजका पात्र, शिक्षक, अभिभावकको कथाहरु पढ्न पाईन्छ ।
विभिन्न पेशामा स्थापित व्यत्तित्वहरुसँगको पेशाका सम्भावना र चुनौतीबारे बहस गरिएको युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ ।
प्रतिक्रिया