+
Search

ताजा अपडेट +

पपुलर +

युवासँग मन्त्री कार्यक्रम

minister with youth program in nuwakot
डबली खबर
१ साल अगाडी

बट्टार – जिल्ला युवा समिति नुवाकोटको आयोजनामा शनिबार युवासँग युवा तथा खेलकुद मन्त्री कार्यक्रम भएको छ ।

विदुर नगरपालिकाको बट्टारमा भएको कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले युवाहरुको जिज्ञासालाई सम्बोधन गरेकी थिईन् ।

सहभागी युवाहरुले मन्त्री मगरलाई तालिमपछिको रोजगार र लगानी, युवा शक्ति परिचालन, आर्थिक रुपमा युवाहरुलाई सबल बनाउन खेलकुदमा विनियोजित बजेटलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रदेश सरकारले यसवर्ष सीप वर्ष २०८१ घोषणा गरेको थियो । बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद् हेटौंडाले यस वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो ।

प्रदेशको बजेट बनाउँदा १३ वटै जिल्लाका युवाहरुसँग अन्तरक्रिया गर्नुपर्ने र युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम अावश्यक रहेकाे मन्त्री मगरले बताइन् । साथै युवा सशक्तीकरणका लागि बजेट थप गर्न निरन्तर प्रयत्नशील रहेको बताए । सीपमुलक तालिमपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रमाणपत्रमा प्रदेश सरकारले सहजीकरण गर्ने मन्त्री मगरले भनाइ राखिन् ।

सीप वर्षमा नुवाकोटका युवालाई स्वरोजगार बनाउन करिब एक हजारलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा सीपमूलक तालिम दिने लक्ष्य रहेको जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुले बताए ।

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा छ प्राविधिक संस्थाहरुले सिलाई, ब्युटीसियन, प्लम्बर, वेल्डिङ, इलेक्ट्रोनिक्स, कुक, वेटर, कृषि सहायकलगायतका विधामा तालिम दिई रहेको तालिम संयोजक प्रदिपकुमार पण्डितले जानकारी दिए । ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टर, वल्डलिङ्क टेक्निकल ट्रेनिङ, एसाेसिएट नेपाल सिनर्जी, नवरत्न टेक्निकल ट्रेनिङ, ट्रेनिङ सेन्टर नेपाल र युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशन तालिम प्रदायक संस्थाहरुले ३९० र १६० घण्टाको तालिम दिई आईरहेको छ ।

तालिममा २६० प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम संयोजक नवराज खड्काले जानकारी दिए । जसमा १३ जना प्रशिक्षक र १३ जना सहायक प्रशिक्षकले सहजीकरण गरिरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ