sujim advert

सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा

डबली खबर     असार ६, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

citizen bank international
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनलले धादिङको गजुरी र धार्केमा एकैसाथ दुई शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बागमती प्रदेशमा सञ्चालनमा रहेका बैंकका शाखाहरु ५४ पुगेका छन् ।

गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा आफूहरु धादिङबासीहरुको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।

सुविधा सम्पन्न यी शाखाहरुमार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

यसैबीच धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आधामारास्थित पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top