Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवसमा एक दिने कार्यशाला

डबली खबर     असार ५, २०८१

International Day of Family Remittance Nepal
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडाैँ – नेपाल मुद्रा विप्रेषक सङ्घको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा “अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस”को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी काठमाडाैँमा सम्पन्न भएको छ ।

रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुसमेतको सहभागिता रहेको कार्यक्रममा रेमिट्यान्स क्षेत्रसँग सम्बन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सङ्घका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा भएको कार्यशालामा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यवाहक गभर्नर तिम्सिनाज्यूले नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंक नेपाल मुद्रा विप्रेषक सङ्घसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताए ।

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा वृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा वृद्धि हुन गइ राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए ।

नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यववस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर-बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top